आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार पक्राउ

बुधबार, २९ चैत २०७९, १३ : ०७
बुधबार, २९ चैत २०७९

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

दाङ घर भएका र एमाले निकट विद्यार्थीका नेतासमेत रहेका सन्देश शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । सोही प्रकरणमा यसअघि प्रहरील केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ । 

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए ।

उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप