मन्त्रीको घर तोडफोड, एमालेको आपत्ति
काठमाडौँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्तिमाथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको बताएका छन् ।
‘कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्दछ’, चेतावनी दिँदै उनले भनेका छन् । अध्यक्ष बास्तोलाले सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगाण्डाहरु बन्द गरी समस्या समाधानको बाटोमा लाग्न आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण