शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राजधानीका अस्पतालमा पार्किङ : कतै शुल्क, कतै पार्किङ नै छैन

बिहीबार, ३० चैत २०७९, ०६ : ५८
बिहीबार, ३० चैत २०७९

काठमाडौं । काठमाडौंको निजी तथा सरकारी अस्पतालले सेवाग्राहीबाट मनपरी ढंगले पार्किङबाट रकम असुलिरहेका छन् । रातोपाटीले उपत्यकाको केही निजी तथा सरकारी अस्पतालमा पार्किङको अवस्थाबारे अनुगमन गर्दा मनपरी ढंगले पार्किङ शुल्क असुलेको पाएको हो ।

 पाटन अस्पतालमा मोटरसाइकलको प्रतिघण्टा वा दिनभरी २५ र अन्य सवारीसाधनको प्रतिघण्टा वा दिनभरी २ सय रुपैंया लिने गरेका छन्।अस्पतालमा आएका सेवाग्राहीहरुको सवारीसाधन पार्किङ गरेबापत रकम असुली गर्नु उचित नभएको सेवाग्राहीहरु बताउँछन् ।‘हस्पिटल भनेको रमाइलोका लागि आउने होइन, आस्कमिक अवस्थामा आउने हो।’ पाटन अस्पतालमा मोटरसाइकल पार्किङ गर्दै गरेका रामशरण कार्कीले बताए ।

‘मोटरसाइकल पार्किङ गर्ने बेलामा चिट लिन भनियो । हस्पिटलमा पार्किङको पैसा माग्दा मलाई अचम्म लाग्यो। यो व्यापार कम्प्लेक्स त होइन नि । हस्पिटलमा निःशुल्क पार्किङको व्यवस्था हुनु पर्छ।’ उनले अगाडि भने ।

अस्पतालमा मोटरसाइकल पार्किङका लागिपैसा तिर्नुपर्छ भन्ने यही पाटन अस्पतालमा थाहा भएको पाटन अस्पतालको पार्किङमा भेटिएका आकाश बज्राचार्यले बताए। 
ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल महँगो अस्पतालमध्येको एक हो । पार्किङ गर्न अस्पतालभित्रै प्रशस्तै ठाउँ पनि छ तर निशुल्क पार्किङ गर्न पाइँदैन। 

मेडिसिटीमा दुईपाङ्ग्रे सवारीले १० रुपैयाँ र चारपाङ्ग्रेले २० रुपैयाँ प्रतिघण्टा शुल्क तिर्नुपर्छ। दैनिक करिब ५ सय दुईपाङ्ग्रे र ३ सयको हाराहारीमा चारपाङ्ग्रे सवारी यहाँ पार्किङ हुन्छ । 

यहाँ जाँच गर्न आउने बिरामी हुन् वा भर्ना भएका बिरामीका आफन्त हुन् कसैले पनि पार्किङ शुल्कमा छुट पाउँदैनन्। बिरामी कुर्न आएर घण्टौँसम्म, रातभर समेत बस्नुपर्ने हुन्छ। उनीहरूले सवारी पार्किङ गरेको शुल्क रकम धेरै हुन्छ। 

वीर अस्पतालको पार्किङको व्यवस्था नहुँदा महानगरले यसअघि अस्पतालको छेउमा रहेको अवैध संरचना हटाएको ठाउँमा पार्किङ गर्दै आएका छन्। यहाँ पार्किङ गर्नेले प्रतिघण्टा २५ रुपैंयाले तिर्नुपर्छ।

चर्काे उपचार शुल्क लिएर पनि पार्किङ शुल्क तिर्नुपर्ने बाध्यतामा रहेका सेवाग्राहीहरु भन्छन्, अस्पतालमा जाँच गरेको तथा बिरामी भर्नाको पूर्जी देखाएर पार्किङको शुल्क नलिने व्यवस्था हुनुपर्छ ।

मेडिसिटी अस्पतालको पार्किङमा भेटिएका दिपेश श्रेष्ठले यति ठुलो अस्पतालले सय, पचास पार्किङ शुल्क लिनु लज्जाको विषय भएको बताए। अस्पतालमा आउने बिरामीलाई सपिङ मलमा सामान किन्ने जाने ग्राहक जसरी व्यवहार गर्न नहुने उनको भनाइ छ,‘अस्पतालमा सेवाग्राहीको लागि निःशुल्क पार्किङको व्यवस्था हुनुपर्छ, यो त लुटेराजस्तै भयो।’

अस्पतालमा छैन पार्किङ स्थल 
उता थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र सरकारी वीर अस्पतालको आफ्नै पार्किङस्थल छैन। सेवाग्राहीहरुले अस्पतालमा आउँदा खुला ठउँमा वा व्यापारिक भवनमा रकम तिरेर सवारी साधन पार्किङ गर्न बाध्य छन् ।नर्भिकमा मोटरसाइकल पार्किङका लागि प्रतिघण्टा १० र अन्य सवारी साधनका लागि २५ रुपैयाँ लिने गरिएको छ।

वीर अस्पतालको पार्किङको व्यवस्था नहुँदा महानगरले यसअघि अस्पतालको छेउमा रहेको अवैध संरचना हटाएको ठाउँमा पार्किङ गर्दै आएका छन्। यहाँ पार्किङ गर्नेले प्रतिघण्टा २५ रुपैंयाले तिर्नुपर्छ।

मोटरसाइकल पार्किङस्थलका एक कर्मचारीका अनुसार महानगरसँग सम्झौता  गरेर नै निजी क्षेत्रले हाल पार्किङसञ्चालन गरेको बताउँछन्। उता कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालसमेत घोषित वीरको नयाँ भवनमा अन्डरग्राउन्ड दुई तला पार्किङकै लागि छुट्याइएको छ ।तर, त्यहाँका कर्मचारीले मात्र पार्किङ गर्न पाउँछन्। 

वीर अस्पतालसँगैको नेशनल ट्रमा सेन्टरमा पनि सेवाग्राहीका लागि पार्किङको सुविधा छैन। सेवाग्राहीले जोखिम मोलेर महाबौद्ध छिर्ने सडकको किनारामै मोटरसाइकल पार्किङ गर्दै आएका छन्। त्यहाँ पार्किङ गर्दा ट्राफिक प्रहरीले चिट काट्ला  कि ? महानगरले मोटरसाइकल उठाएर लग्ला कि ?भन्ने हरदम डर हुन्छ। 

सवारीसाधन बाहिर राखेर अस्पतालमा आउँदासुरक्षित नहुने वीर अस्पतालमा आएकीपूर्णिमा वज्राचार्य बताउँछिन्। आफूले पार्किङबापत ५० रुपियाँ तिरको बताउने उनले भनिन्, ‘वीरको नयाँ अस्पतालमा कर्मचारीलाई मात्र होइन, सेवाग्राहीलाई पनि पार्किङको व्यवस्था हुनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप