जुम्ल्याहा बच्चाकी आमा बनिन् सन्नी
मुम्बई – पोर्नपछि बलिउड चलचित्र अभिनयमा राम्रो पहिचान बनाएकी अभिनेत्री सन्नी लियोनी एक पटक फेरि आमा बनेकी छन् । जुम्ल्याहा बच्चाको तस्बिर शेयर गर्दै सन्नीले आफू आमा बनेको जनाएकी हुन् ।
गतबर्ष एक बच्चालाई धर्म माताको रुपमा शरण दिएकी लियोनीले यस पटक पनि श्रीमानका साथ जुम्ल्याहा बच्चाको तस्बिर शेयर गरेकी छन् ।
सामाजिक संजालमा तस्बिरका साथ सन्नीले लेखेकी छन् ‘यो इश्वरको कृपा हो । २१ जुन २०१७ मा श्रीमान् र मलाई थाहा थियो की केही समय पछि हामी तीन बच्चाको आमा बुबा बन्दैछौ ।’
‘हाम्रो कोसिसले अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरका साथ परिवार पुरा भएको छ ।’
उनले अगाडि लेखेकी छन् ‘हाम्रो छोराको जन्म केही दिन पहिले मात्र भयो । तर मन र आँखामा उ धेरै बर्ष पहिले देखी थियो ।’ इश्वरले आफ्ना लागि खास योजना बनाएर ठुलो परिवार दिएको समेत लेखेकी सन्नीले तीन बच्चाबाट आफु खुसी रहेको उल्लेख गरेकी छन् ।
सन्नीका पतीले पनि तस्बिर शेयर गर्दै जीवनको अबको यात्रा करन, निशा र नोहाका साथ पनि हुने लेखेछन् ।
सन्नी दम्पतीले सोशल मिडियाबाट तस्बिर सार्वजनिक गर्ने बितिक्कै धेरैले बच्चा सन्नी आफैले जन्माएको हो वा होइन जिज्ञासा राखेका थिए । सो जिज्ञासा मेटाउदै सन्नीले अशर र नोहा आफ्नो बायोलोजिकल बच्चा भएको बताएकी छन् । उनले लेखेकी छन् ‘हामीले केही बर्ष पहिले परिवार पुरा गर्न सरोगेसीका बिकल्प रोजेका थियौ । सो पुरा भयो । म अहिले निकै खुसी छु ।’
(एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण