तेस्रो दिन नेप्सेमा २९ अंकको करेक्सन, १ अर्ब ६५ करोडको कारोबार
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्ट आएसँगै उत्साहित भएको सेयर बजारमा लगातार दुई दिन ११९ अंकले नेप्से बढ्यो ।
तर, तेस्रो दिन बिहीबार भने नेप्सेमा २९ अंकको करेक्सन आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक २९.०७ अंकले घट्दै १९ सय ३४.४७ अंकको विन्दुमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक एकै दिन ९२ अंकले बढ्दै १९ सय ६३ विन्दुमा अडिएको थियो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स आज ५.७२ अंकले घट्दै ३६७.९८ अंकको विन्दुमा झरेको छ ।
यद्यपि, यस दिन पनि सेयर कारोबार भने उत्साहपूर्ण हुँदै १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आदर्श लघुवित्त वित्तीय संस्था, कालिनचोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को सेयर मूल्य ५.५० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण