रुपन्देहीको सियारीका २५० घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका २५० घरधुरीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ ।
नापी कार्यालय रुपन्देहीको समन्वयमा वडा नम्बर २, ४ र ५ का २५० घरधुरीलाई पुर्जा वितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले लामो समयको पहल र मेहनतपछि सियारीवासीलाई जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गरिएको बताए ।
यहाँका स्थानीयले वर्षौंदेखि जोतभोग गरेर पनि पुर्जा नपाउँदा आवश्यक परेको बेला बैंकिङ कारोबार तथा विक्री वितरणमा समस्या व्यहोरेका थिए । २०२५ सालमा नापीमा छुटेका तर, सुरुको नापी हुँदादेखि नै जोतभोग गरे पनि लालपुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
रुपन्देहीमा १ हजार ८ सय गाउँ ब्लकको नापी भएकोमा १ हजार १ सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण