३० दिनमा सकियो शोभितको ‘जय हो’
काठमाडौँ । शोभित बस्नेत प्रस्तुतिको फिल्म ‘जय हो’को छायाङ्कन सकिएको छ ।
शनिवार मुक्तिनाथमा फिल्मको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । फिल्मको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए ।
कास्की र मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ‘जय हो’को निर्देशन टेक पौरखी राईले गरेका हुन् ।
अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय फिल्ममा छ ।
सुरेश न्यौपानेको कथा रहेको फिल्ममा सम्राट बस्नेतको व्दन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी छ । सौरभ लामाको छायाङ्कन, शम्भु जित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको फिल्म कमेडी, एक्सन र लभ स्टोरी कथामा निर्माण भएको हो ।
सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । फिल्मको रिलिज मिति अगामी भदौ ८ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण