'ए' डिभिजनका खेलमा 'बी' डिभिजन क्लबको विरोध
काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतबार सहिद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लबले सांकेतिक विरोध गरेका छन् ।
च्यासल मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत संकटा र एपिएफबीचको खेलका दौरान ‘बी’ डिभिजन लिग क्लबले प्रश्नबाचक चिन्हसहित सांकेतिक विरोध गरेका हुन् ।
विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन लिगका पदाधिकारीले क्रिकेटको ब्याटमा ‘बि’ डिभिजन ? लेखेर प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा उत्रिएका सरस्वती यूथ क्लबका एक पदाधिकारी शिक्षित पराजुलीले बी डिभिजन लिगलाई हेर्ने दृष्टि तल्लो दर्जाको रहेको र चाँडो भन्दा चाँडो मिति तय गरेर खेलाडीलाई खेल्ने वातावरण मिलाउन आग्रह गरे । पराजुलीले खेलको दौरानमा गरेको प्रदर्शन एन्फालाई सांकेतिक सुझाव भएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो । आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाबाट लिग हुन्न भन्ने भएपछि लिग क्लबहरुले विरोध गरेका हुन् । क्लबहरुले क्षतिपूर्तिको माग पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण