दश दिनदेखि हराएको हेलिकप्टरका यात्रीको शव भेटियो
आइतबार, ०३ वैशाख २०८०, १९ : ४८
टोकियो । दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ ।
गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कविहीन भएको थियो ।
गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच जनाको शव भेटिएको डिफेन्स फोर्सका अधिकारीलाई उद्धृत गर्दै समाचार समिति क्योदोले जनाएको छ ।
सैनिक कमाण्डर लेफ्टिनेन्ट जनरल युइची साकामोटोसहित पाँच जनाको शव भेटिए पनि बाँकी चार जना डिफेन्स फोर्सका कर्मचारी हुन् वा होइनन् भन्ने पुष्टि भइसकेको छैन ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण