रोमाञ्चक भिडन्तमा राजस्थानले गुजरातलाई हरायो
अहमदाबाद । कप्तान सञ्जु सैमसन र शिमरोन हेटमायरको बिस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई चार बल बाँकी रहँदै तीन विकेटले पराजित गरेको हो । गुजरातमाथि राजस्थानको यो पहिलो जित हो। अन्तिम सात ओभरमा राजस्थानले सयभन्दा बढी रन बनाएर गुजरातको हातबाट जित खोस्यो। हेटमायरले २५ बलमा अर्धशतक पूरा गरे भने सञ्जुले पनि २६ बलमा अर्धशतक बनाएका थिए ।
आईपीएलमा प्रतियोगिताको २३ औं खेल गुजरात र राजस्थानबीच अहमदाबादमा भएको थियो । टस जितेर राजस्थानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा सात विकेट गुमाएर १७७ रन बनाएको थियो ।
गुजरातको सुरुवात पनि राम्रो भएन । ऋद्धिमान साह पहिलो ओभरमै आउट भए भने साई सुदर्शन पनि २० रन (१९ बल) बनाएर पावरप्लेमा आउट भए । यसपछि हार्दिक पाण्ड्या र शुभमन गिलले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर ९२ रनमा पुर्याए । यस स्कोरमा पाण्ड्याले २८ रन (१९ बल) बनाएर चहलको बलमा जैसवालको हातमा क्याच आउट भए । हार्दिक र गिलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । यसपछि १२१ रनको स्कोरमा शुभमन गिल पनि ३४ बलमा ४५ रन बनाएर पभिलियन फर्किए ।
जवाफमा राजस्थान ब्याटिङ गर्न निस्केपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या र मोहम्मद शामीले पहिलो तीन ओभरमा दुवै ओपनरलाई पभिलियन फर्काए। पहिलो तीन ओभरमा राजस्थानको स्कोर दुई विकेटमा चार रन थियो। यसपछि क्याप्टेन सञ्जु सैमसन मैदानमा आए । उनले देवदत्त पडिक्कलसँग तेस्रो विकेटका लागि ४३ रन जोडे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026