मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा जेठमा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६५ औं लाइसेन्स परीक्षा आगामी जेठ महिनामा सञ्चालन गर्ने भएको छ । मेडिकल काउन्सिलले सोमवार सूचना जारी गरी जेठ १७, १८ र १९ गते परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । काउन्सिलले आजदेखि जेठ २ गतेसम्म नियमति र जेठ ३ र ४ गते शुल्क सहित अनलाईनमार्फत आवेदन भर्न आग्रह गरेको छ । काउन्सिलको www.exam.nmc.org.np साइटमा आवेदन दिन पनि सबैलाई आग्रह गरेको छ ।
यस्तै, विदेशी कजेजमा भर्ना भै कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टनसिप पुरा गरेका र आफु भर्ना भएका विश्वविद्यालयबाट इन्टर्नसीपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तो छ वार्षिक परीक्षा तालिका-
स्नातक तहको लाइलेन्स परीक्षा
–२०८० साल साउन ११ र १२ गते
–२०८०साल असोज १०,११ र १२ गते
–२०८०साल माघ १७, १८ र १९ गते
स्नातकोत्तर तहको विशेष परीक्षा (स्पेशल परीक्षा)
–२०८० साल साउन ११ र १२ गते
–२०८० साल मंसिर १४ र १२ गते
–२०८० साल चैत्र २२ र ३३ गते
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण