अमेरिकी डलर साट्ने बहानामा लुटपाट

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन् ।
सस्तो दरमा अमेरिकी डलर साटिदिन्छु भन्दै प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रुपैयाँ, काठमाडौँ चोभारबाट १८ लाख रुपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रुपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो