राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
सोमबार, ०४ वैशाख २०८०, १५ : १५
काठमाडौँ । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
विसं १९८१ मा जन्मेका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए ।
गत चैत २४ गते ९७ वर्षमा उनको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण