लगातार तेस्रो दिन घट्यो नेप्से
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ ।
यससँगै, नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट आएको हो । आज परिसूचक ३.०७ अंकले घटेर १९०४ अंकमा आइपुगेको छ ।
परिसूचक ०.१६ प्रतिशतको गिरावट आएको दिन आज नेप्सेमा ८७ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको २९ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १३८ वटा कम्पनीको सेयर घट्दा ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर स्थिर छ ।
हिजो सोमबार नेप्से परिसूचक २३ अंकले घटेको थियो । यस्तै, आइतबार नेप्सेमा २ अंकको गिरावट आएको थियो । हिजो सोमबार ९२ करोड कारोबार भएको नेप्सेमा आज जम्मा ८७ करोड कारोबार भएको छ । यो सोमबारको तुलनामा ५ करोडले कम हो ।
नेप्सेमा आज कारोबार भएका १३ मध्य ३ समूहका सूचक बढेका छन् । आज होटल र टुरिजम, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनी समूह समेत बढेका छन् भने बाँकी सबै समूहमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण