नयाँ पार्टी र नेतृत्वप्रति राष्ट्रियसभा अध्यक्षको कटाक्ष
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र नेतृत्वप्रति कटाक्ष गरेका छन् । मंगलवारबाट काठमाडौँमा सुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरूप्रति कटाक्ष गरेका हुन् ।
उनले त्याग गरेका नेताहरूको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरूको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘अब गर्ने कुराको महत्त्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ । आज त्यत्ति नेताहरूले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हाईर्फाई गर्नेहरू नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ ।’
उनले बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने पनि बताए । उनले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरूमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे । उनले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने पनि बताए ।
अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्त्व नदिएकाले आगामी दिनमा महत्त्व दिन आग्रह गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण