अपरिचित नम्बरबाट भिडियो कल आयो ? यकिन गरेरमात्र उठाउनुस् !
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विगत केही समययता अपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाइ कल गरेर धाकधम्कीसहति ठग्ने गरेको पाइएको भन्दै सजग हुन आग्रह गरेको छ ।
व्युरोका उपनिर्देशक पशुपति कुमार रायले अपराधिक समूहले फेसबुक, म्यासेन्जर, ह्वाट्एप, इमो भाइबर आदिमा भिडियो कल गरी अश्लील क्रियाकलाप देखाउँदै ठग्ने गरेको पाइएको बताए ।
साथै उनले त्यसरी कल गर्नेले अश्लील क्रियाकलापको भिडियो कलको रेकर्ड गर्ने गरेको र त्यही भिडियो देखाएर धाकधम्कीसहित रकम समेत माग्ने गरेकाले सजग हुन आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जाल प्रयोग गर्दा अवाञ्छित क्रियाकलाप प्रति सजग रहन तथा अपरिचित आइडी र अपरिचित आइडी वा भाइबर लगायतका नम्बरबाट कुनै कल आएमा यकिन गरेर मात्र कल संवाद गर्नुहुन जनचेतनाका लागि अनुरोध गरिएको छ’जनचेतनामूलक सूचना जारी गर्दै साइबर ब्युरोले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण