वैशाख ७ गते ६ घण्टा त्रिभुवन विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध हुने
मङ्गलबार, ०५ वैशाख २०८०, २० : २४
काठमाडौँ । आगामी वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले सो दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुनेछ ।
विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिक/अन्तर्राष्ट्रिय वायुयान उडान/अवतरण नहुने टीआईएले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
-
इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की
-
'हाउसफुल ५'लाई लगानी उठाउन सकस
-
निष्क्रिय कर्जा लुकाएर हैन, वास्तविक देखाएर समाधान खोजौँ
-
सडक विभागले भन्यो– अवरोध हटाउन २७७ वटा उपकरण तयारी अवस्थामा छन्