वैशाख ७ गते ६ घण्टा त्रिभुवन विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध हुने
मङ्गलबार, ०५ वैशाख २०८०, २० : २४
काठमाडौँ । आगामी वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले सो दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुनेछ ।
विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिक/अन्तर्राष्ट्रिय वायुयान उडान/अवतरण नहुने टीआईएले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण