नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा पनि कारोबार ८७ करोडमा खुम्चियो
काठमाडौँ । तीन दिनसम्मको लगातार गिरावटसँगै बुधवार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज नेप्से सूचक १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन ३.०७ अंकले नेप्से घट्दै १९ सय ४ अंकको विन्दुमा अडिएको थियो ।
त्यसो त १५ अंकले नेप्से बढ्दै गर्दा आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८५ अंकले बढ्दै ३६५.९० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । तर, कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजार रुपैयाँमा खुम्चिन पुगेको छ ।
आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२७ प्रतिशतले बढेको छ भने आज ट्रेडिङ र फाइनान्स समूहको उपसूचक समान १.१३ प्रतिशतले बढेका छन् । अन्य ९ वटा उपसूचक भने १ प्रतिशत कमले वृद्धि भएका छन् ।
आज म्युचुअल फण्डको उपसूचक भने ०.४७ प्रतिशतले घट्न पुगेको छ । कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले समान ९.९९ प्रतिशतले कमाएका छन् भने आज आदर्श लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले १० प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण