भेरी नदीको बेलिब्रिज भाँचिदा ९ जना घाइते (अपडेट)
सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घटनामा ९ जना मजदुर घाइते भएका छन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।
उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेलाई उपचारका लागि हेलिकप्टोरबाट नेपालगन्ज लैजान लागिएको छ । ‘बेलिब्रिज बनाइने क्रममै भाँचिएको हो, घाइते सबै त्यहाँका कामदारहरू हुन्,’ उनले भने,‘केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लिने प्रयास भइरहेको छ ।’
उनका अनुसार घाइतेमा अधिकांश भारतीय कामदारहरू समेत रहेका छन् ।
घाइतेको विवरण-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण