भेरी नदीको बेलिब्रिज भाँचिदा ९ जना घाइते (अपडेट)

सुर्खेत । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घटनामा ९ जना मजदुर घाइते भएका छन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।
उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेलाई उपचारका लागि हेलिकप्टोरबाट नेपालगन्ज लैजान लागिएको छ । ‘बेलिब्रिज बनाइने क्रममै भाँचिएको हो, घाइते सबै त्यहाँका कामदारहरू हुन्,’ उनले भने,‘केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लिने प्रयास भइरहेको छ ।’
उनका अनुसार घाइतेमा अधिकांश भारतीय कामदारहरू समेत रहेका छन् ।
घाइतेको विवरण-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री
-
‘जिबी नभेटेर रवि पक्रेको ?’ भन्ने न्यायाधीशको प्रश्नमा सरकारी वकिलको जवाफ - ‘इट्स टेक टाइम नि श्रीमान्’
-
नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
-
बैंकर्स सङ्घका पदाधिकारी र नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान