नेप्से सूचक १५ अंकले घट्यो, ९८ करोड ३३ लाख बराबरको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से सूचक १५ अंकले घटेको छ । तीन दिनपछि बुधबार १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक बिहीबार पुनः १५.७३ अंकले घटेर १९ सय ४.४० अंकको विन्दुमा ओर्लिएको हो ।
यसै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.७९ अंकले घट्दै ३६३.१२ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यद्यपि, आज कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा आज १५ अंकले नै घटेको बजारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । कालिन्चोक दर्शन लिमिटेडका सेयरधनीहरुले ९.९९ प्रतिशतले कमाएका छन् । यस्तै आज आदर्श लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताहरुले समान १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण