अनेरास्ववियुले गर्यो सार्वजनिक यातायातमा अनुगमन

काठमाडौँ । अनेरास्ववियुले सार्वजनिक यातायातहरूमा अनुगमन गरेको छ। सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने छुट पाए/नपाएको विषयमा अनुगमन गरेको हो।
बालाजु, रत्नपार्क लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरिएको अनेरास्ववियु अमृत साइन्स क्याम्पसमा अध्यक्ष रूद्रहरी पोखरेलले जानकारी दिए।
सार्वजनिक यातायातमा विद्यार्थीहरूले ४५ प्रतिशत छुट पाउँदै आएका छन्। कतिपय गाडीहरूले छुट नदिने गरेको भन्ने गुनासो आएपछि अनेरास्ववियुले अनुगमन गरेको उनको भनाई छ। अनुगमनको क्रममा कतिपय गाडीले छुट नदिने गरेको पाइएको उनको भनाइ छ।
कतिपय विद्यार्थीहरूले नक्कली परिचयपत्र देखाउने गरेको गुनासाहरू गाडीवालाले गरेका थिए। त्यस्तो अवस्थामा नक्कली परिचयपत्र समातेर राख्ने गरिएको बताएका थिए।
गाडीहरूले समेत छुट नदिने गरेको यात्रुहरूबाट आएपछि उनीहरूको समेत ध्यानाकर्षण गराइएको अध्यक्ष पोखरेलले बताए। अबदेखि अनेरास्ववियुले नियमित रूपमा सार्वजनिक यातायातको अनुगमन गरिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड्स ६ विकेटले पराजित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु