अनेरास्ववियुले गर्यो सार्वजनिक यातायातमा अनुगमन
काठमाडौँ । अनेरास्ववियुले सार्वजनिक यातायातहरूमा अनुगमन गरेको छ। सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने छुट पाए/नपाएको विषयमा अनुगमन गरेको हो।
बालाजु, रत्नपार्क लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरिएको अनेरास्ववियु अमृत साइन्स क्याम्पसमा अध्यक्ष रूद्रहरी पोखरेलले जानकारी दिए।
सार्वजनिक यातायातमा विद्यार्थीहरूले ४५ प्रतिशत छुट पाउँदै आएका छन्। कतिपय गाडीहरूले छुट नदिने गरेको भन्ने गुनासो आएपछि अनेरास्ववियुले अनुगमन गरेको उनको भनाई छ। अनुगमनको क्रममा कतिपय गाडीले छुट नदिने गरेको पाइएको उनको भनाइ छ।
कतिपय विद्यार्थीहरूले नक्कली परिचयपत्र देखाउने गरेको गुनासाहरू गाडीवालाले गरेका थिए। त्यस्तो अवस्थामा नक्कली परिचयपत्र समातेर राख्ने गरिएको बताएका थिए।
गाडीहरूले समेत छुट नदिने गरेको यात्रुहरूबाट आएपछि उनीहरूको समेत ध्यानाकर्षण गराइएको अध्यक्ष पोखरेलले बताए। अबदेखि अनेरास्ववियुले नियमित रूपमा सार्वजनिक यातायातको अनुगमन गरिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण