आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुडले पनि चिनी जस्तै तौल बढाउँछ : सुगर फ्री चिनी सधैँ खाँदा आँखाको ज्योति बिग्रन्छ

शुक्रबार, ०८ वैशाख २०८०, १४ : १९
शुक्रबार, ०८ वैशाख २०८०

आजको समयमा रिफाइन्ड सुगर अर्थात् चिनीलाई स्वास्थ्यको सबैभन्दा ठुलो शत्रु मानिन्छ । धेरै स्वास्थ्य विशेषज्ञहरूले यसलाई आहारबाट पूर्ण रूपमा हटाउन सिफारिस गर्छन् । खास गरी मधुमेहका बिरामीले यसबाट सधैँ टाढा रहनुपर्छ । धेरै मानिसहरू चिनीको विकल्पको रूपमा गुड, सुगर फ्री चिनीको प्रयोग गर्छन् । यस्तो अवस्थामा यी चिज स्वास्थ्यका लागि साँच्चिकै फाइदाजनक र चिनीभन्दा कम हानिकारक छन् कि छैनन् भन्ने कुरा बुझ्न जरुरी छ ।

चिनीको तुलनामा गुडमा केही आवश्यक पौष्टिक तत्त्व पक्कै पाइने भएपछि ती तत्त्वको मात्रा निकै कम हुने भारतकी डायटिसियन कामिनी सिन्हा बताउँछिन् । उदाहरणका लागि एकदेखि दुई चम्चा गुडमा पोषक तत्त्व शून्य बराबर हुन्छन् तर त्यही १ देखि २ चम्चा गुडमा क्यालोरी भने चिनीको बराबर पाइन्छ । औषधीय गुण भएता पनि प्राकृतिक चिनी धेरै खाँदा पेट दुख्ने, सुन्निने, ऐँठन हुने, बान्ता हुने र पखालाको समस्या हुनसक्छ ।

पोषणविद् कामिनी सिन्हा भन्छिन्, ‘गुडको प्रभाव तातो हुन्छ । त्यसैले यो धेरै खाँदा पाचनमा असर पर्न सक्छ ।’

गुडले क्यालोरी र तौल दुवै बढाउँछ

गुडलाई रिफाइन्ड सुगर अर्थात् प्राकृतिक चिनीको विकल्प मानिन्छ । यसमा आइरन, म्याग्नेसियम, भिटामिन सी र क्याल्सियम जस्ता पोषक तत्त्व पाइन्छन् । जबकि चिनीमा क्यालोरी मात्रै पाइन्छ । यही कारणले गर्दा धेरैले चिनीको सट्टा गुडलाई फाइदाजनक ठान्छन् तर त्यस्तो होइन, बराबर मात्रामा क्यालोरी भएका कारण गुडले पनि त्यति नै हानि पु¥याउन सक्छ ।

यदि तपाईंले चियामा एक चम्चा चिनी हाल्नुहुन्छ भने यति नै गुलियो पाउनका लागि चियामा दुई चम्चा गुड वा गुडको पाउडर हाल्नुपर्छ । त्यसैले यो स्पष्ट हुन्छ कि यदि खानामा गुडलाई समावेश गर्नुहुन्छ भने क्यालोरी इनटेकमा कुनै अन्तर हुनेछैन । यदि मधुमेहका बिरामी हुनुहुन्छ र गुडले सुगरको स्तर बढाउँदैन भनेर खाइरहनुभएको छ भने केही समयपछि यसको हानी झेल्नपर्नेछ ।

दिनहुँ सुगर फ्री चिनी खाँदा आँखाको ज्योतिमा असर पर्छ

चिनीको सट्टा चिया वा खानामा सुगर फ्री चिनी लिइरहनुभएको छ भने यसले स्वास्थ्यलाई हानी पुर्याउन सक्छ । यस्ता चिनी बनाउन सेक्रिनको प्रयोग गरिन्छ । यो बढी सेवन गर्दा क्यान्सर हुने खतरा हुन्छ ।

यसबाहेक सुगर फ्री चिनीको अत्यधिक सेवनले भोक नलाग्ने, आँखाको ज्योति गुम्ने, रक्तचाप बढ्ने र तौल बढ्ने सम्भावना रहन्छ ।

सधैँ सुगर फ्री चिनी खानुका हानी

– तौल र रक्तचाप बढ्नु

– गर्भावस्थामा एलर्जी

– भोक नलाग्नु

– टाउको दुख्नु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप