बेलायतका उप–प्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा, यस्तो छ कारण
शुक्रबार, ०८ वैशाख २०८०, १६ : ०४
बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पदबाट राजीनामा दिएका छन् । कर्मचारीले उनीमाथि ‘धम्की’ को आरोप लगाएका थिए र यसबारे छानबिन भइरहेको थियो । यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै आएका छन् र कर्मचारीसँग आफ्नो व्यवहार ‘व्यावसायिक’ रहेको दाबी गर्दै आएका छन् ।
उनले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् । उनले राजीनामामा आफूले छानबिनको नतिजा स्वीकार गर्न बाध्य रहेको बताएका छन् ।
मन्त्रीका रूपमा आफ्नो आचरणको बारेमा आठ औपचारिक उजुरीमा उनीमाथि छानबिन भइरहेको थियो ।
My resignation statement.👇 pic.twitter.com/DLjBfChlFq
— Dominic Raab (@DominicRaab) April 21, 2023
यसअघि विपक्षी दलले प्रधानमन्त्री ऋषि सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण