आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका उप–प्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा, यस्तो छ कारण

शुक्रबार, ०८ वैशाख २०८०, १६ : ०४
शुक्रबार, ०८ वैशाख २०८०

बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पदबाट राजीनामा दिएका छन् । कर्मचारीले उनीमाथि ‘धम्की’ को आरोप लगाएका थिए र यसबारे छानबिन भइरहेको थियो । यद्यपि, राबले आरोपहरू अस्वीकार गर्दै आएका छन् र कर्मचारीसँग आफ्नो व्यवहार ‘व्यावसायिक’ रहेको दाबी गर्दै आएका छन् ।

उनले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् । उनले राजीनामामा आफूले छानबिनको नतिजा स्वीकार गर्न बाध्य रहेको बताएका छन् ।

मन्त्रीका रूपमा आफ्नो आचरणको बारेमा आठ औपचारिक उजुरीमा उनीमाथि छानबिन भइरहेको थियो ।

यसअघि विपक्षी दलले प्रधानमन्त्री ऋषि सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।

britain1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप