बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा चट्याङ लागेर आमाछोरी घाइते

शुक्रबार, ०८ वैशाख २०८०, २१ : २१
शुक्रबार, ०८ वैशाख २०८०

रामेछाप । रामेछापको मन्थली नगरपालिका ३ मा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की रहेका छन् ।

रणजोर खोलामा कपडा धुँदै गरेका आमाछोरी चट्याङ लागेर घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप