शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ७ प्रतिशतले कम मतदान

आइतबार, १० वैशाख २०८०, १७ : ४९
आइतबार, १० वैशाख २०८०

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा मंसिरको निर्वाचन भन्दा ७ प्रतिशत कम मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यका अनुसार ५ बजेसम्ममा १ लाख २४ हजार मतादाता रहेको चितवन २ मा ७६ हजार ६२२ मत खसेको हो ।

उनका अनुसार स्थगित भएका मतदान केन्द्रमा लाइनमा लागेका केही मतदाताले मतदान गरेकाले यो संख्यामा एकदुई सय बढ्न सक्नेछ । अधिकृत आचार्यका अनुसार मंसिरको निर्वाचनमा खसेको मतभन्दा यो पटक ७ प्रतिशतले कमी हो । चितवनमा सबैतिरका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर आजै रातिबाट मतदान सुरु गर्ने तयारी छ । मतगणना चितवनको उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्नेगरी व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप