शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महावीर पुनले सार्वजनिक गरे आन्दोलनको खाका

आइतबार, १० वैशाख २०८०, २२ : २६
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको नीतिविरुद्ध शान्तिपूर्ण आन्दोलनको खाका सार्वजनिक गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत राजधानी केन्द्रित सडक आन्दोलनको रुट तय गर्दै आविष्कारक पुनले आन्दोलनमा होमिन सम्पूर्ण युवा, विद्यार्थी श्रमजीवीलाई आह्वान गरेका हुन् ।

स्वदेशी उत्पादन तथा आविष्कारलाई सरकारले कानुनी अड्चन देखाएर हैरानी दिएको भन्दै पुन आक्रोशित छन् । पछिल्लो पटक स्वदेशी उत्पादन यात्रीलाई कानुनी प्रावधान देखाएर सरकारले दर्ता (नम्बर प्लेट) नदिएको समाचार बाहिरिएसँगै पुन थप आक्रोशित भएका छन् । 

शनिबार मात्र एक लामो स्टाटस लेख्दै पुनले यो वा त्यो नाममा स्वदेशी उत्पादनलाई हतोत्साहित गर्ने राज्य विरुद्ध कडा जनआन्दोलनमा उत्रिन सार्वजनिक आह्वान गरेका थिए । सोही स्टाटसमार्फत पुनले उक्त जनआन्दोलनको नेतृत्व आफैंले गर्ने समेत उद्घोष गरेका थिए ।

यसै क्रममा आविस्कारक पुनले आइतबार साँझ एक स्टाटस लेख्दै आन्दोलन गर्ने रुट समेत सार्वजनिक गरेका हुन् । यद्यपि आन्दोलनको मिति भने केही दिन भित्रै सार्वजनिक गरिने उनले बताएका छन्।

यस्तो छ पुनको आन्दोलनको खाका 
सामाजिक आन्दोलन गर्ने स्थान र धर्ना बस्नेहरुले पालना गर्नुपर्ने नियम :
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको प्रबर्धनको लागि अति आवश्यक नीति नियम बनाउन र आवश्यक कदम चाल्न नेपाल सरकारलाई ठोस मागसहित आन्दोलन सुरु गर्दा कुन सडकमा र कसरी धर्ना बस्ने भन्ने खाका यहाँ दिइएको छ। आन्दोलन गर्ने गते तोकिएको छैन तर यहि हप्ताभित्र हुनेछ । आन्दोलन गर्ने अघिल्लो दिन प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री आदि सबै मन्त्रीज्यूहरुलाई मन्त्रालयमा नै गएर मागपत्र दर्ता गराइने छ । अबिभाबकहरु , बिद्यार्थीहरु र युबाहरुले जोश जाँगर संचित गर्दै शान्तिपुर्ण सामाजिक आन्दोलनको तयारी आफ्नै हिसाबले गर्न सुरु गर्नु होस् । धन्यवाद ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप