उपचुनावबारे देउवाको टिप्पणी : तनहुँ–१ को मत परिणामले गम्भीर स्थिति उत्पन्न भयो
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताएका छन् । सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताएका बताएका हुन् ।
अब पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी सांसद श्याम घिमिरेले रातोपाटीलाई बताए । घिमिरेका अनुसार बैठकको सुरुवातमै धारणा राखेका देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताएका थिए ।
‘राष्ट्रपतिले चुनाव जित्दै आएको तनहुँमा कांग्रेस हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय हो । कांग्रेसका लागि गम्भिर स्थिति सिर्जना भएको छ । अब केही सोच्नुपर्ने भयो । यसमा सबै साथीहरू गम्भीर हुन आवश्यक छ,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण