क्रिकेटर सन्दीप विरुद्धको अन्तिम सुनुवाई जारी
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाई जारी छ । नम्बर–२० इजलामा न्यायाधीश दिपक ढकालले मुद्धाको सुनुवाई गरेका छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
यसअघि नै चैत २६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले दुईजनाको साक्षी बकपत्र गराउने आदेश गरेका थिए । जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी थुनामा गएका सन्दीपलाई पुस २८ मा उच्च अदालतले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । उच्च अदालतको आदेशविरुद्ध सन्दीपको निवेदनमा फागुन १५ मा सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । विदेश जाने अनुमतिसँगै सर्वोच्चले उनको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण