क्रिकेटर सन्दीप विरुद्धको अन्तिम सुनुवाई जारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाई जारी छ । नम्बर–२० इजलामा न्यायाधीश दिपक ढकालले मुद्धाको सुनुवाई गरेका छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
यसअघि नै चैत २६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले दुईजनाको साक्षी बकपत्र गराउने आदेश गरेका थिए । जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी थुनामा गएका सन्दीपलाई पुस २८ मा उच्च अदालतले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । उच्च अदालतको आदेशविरुद्ध सन्दीपको निवेदनमा फागुन १५ मा सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । विदेश जाने अनुमतिसँगै सर्वोच्चले उनको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित