प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलमा छुट
धनगढी । प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरूले सौभाग्य हस्पिटलद्वारा सञ्चालित ओपीडी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । प्रभु बैंकका ग्राहकले फार्मेसीबाट पनि ५ प्रतिशत छुट पाउने छन् ।
उक्त सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण