प्रेम सुवालको प्रश्न : भारतबाट विषादी भएको दाल चामल ल्याएर खुवाउन यो गठबन्धन सरकार बनाइएको हो ?
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले किसानलाई समयमा मल नदिने तर भारतबाट विषादी मिसिएको चामल दाल आयात गर्ने गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले मल पर्याप्त रहेको जानकारी दिने तर किसानको हातमा किन नपुर्याएको भन्दै प्रश्न गरे ।
उनले भने,‘रासायनिक मल खरिदका लागि सरकारले १६ अर्ब ५० करोड पशुपक्षी तथा कृषि मन्त्रालयलाई अझै निकासा पठाएको छैन । परिणाम किसानले बर्खे बाली लगाउन नपाउने स्थिति छ । विषादी भएको दाल चामल खाद्यान्न भारतबाट ल्याएर खुवाउन यो गठबन्धन सरकार बनाइएको हो र ?’
सांसद सुवालले कृषि सामग्री कम्पनीसँग युरिया मल ३७ हजार मेट्रिकटन, डिएपी १९ हजार मेट्रिकटन, साल्ट टे«डिङसँग युरिया र डिएपी २१ हजार मेट्रिकटन भएको सार्वजनिक भएपनि देशभरका किसान मल नपाएर चिन्तामा रहेको बताए । समयमै किसानको हातमा मल नपुर्याई कम्पनी र कर्पोरेशनको गोदाममा मल कुहाउने यो सरकार किसान विरोधी किन हैन भन्दै प्रश्न गरे ।
उनले ख्वप विश्वविद्यालय विधेयक पारित नगर्ने तर निजी खर्चमा विद्यार्थीलाई विदेश पठाउँनेहरु कसरी प्रजातन्त्रवादी र गणतन्त्रवादी होलान् भन्दै प्रश्न गरे ।
उनले भने,‘देशभरि निजी प्लटिङ रोक्न जरुरी छ, सत्तापक्षले समस्या राख्ने हैन समाधान दिने हो । नसके सत्ता छाड्ने हो । सरकारले चैत महिनाको शिक्षकको निबृतिभरणको विवरण पठाएको छैन । वाहालवाला प्रहरी लगायत कर्मचारीको तलवपनि पठाएको छैन । यथाशीघ्र उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अर्थमन्त्रीले ठूलो बजेट ल्याउने सामर्थ्य नभएको बताए । के सरकारसँग महँगी, भ्रष्टाचार, कमिसन रोक्ने सामर्थ्य छ त ?’
उनले सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच संसदीय समिति भागबण्डामा सहमति भएको विषय सार्वजनिक भएको बताउँदै यस्तो प्रक्रिया प्रजातन्त्र विनासको संकेत भएको टिप्पणी गरे ।
संसदको कार्यव्यवस्था परामर्श समिति र संसदीय सुनुवाइ समितिमा सबै राजनीतिक दललाई प्रतिनिधित्व नगराइएसम्म संसद प्रभावकारी नहुनेका जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल