शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल

आईपीएल : घरेलु मैदानमा ५७ प्रतिशत खेल हार्दै टोली, ओरेन्ज क्यापमा ओपनरको वर्चस्व

पावरप्लेमा सिराज-बोल्ट खतरनाक, हरेक छैटौँ बलमा छक्का प्रहार गर्दै म्याक्सवेल
बिहीबार, १४ वैशाख २०८०, १३ : ०१
बिहीबार, १४ वैशाख २०८०

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा लिग चरणका आधा खेल सकिएका छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले शीर्ष स्थानमा रहँदै सबैलाई चकित पारेको छ भने हैदरावाद र दिल्ली कमजोर टोली साबित भइरहेका छन्।

उद्घाटन खेलहरू उच्च स्कोरिङ थिए। अहिले भने स–साना लक्ष्यको पनि रक्षा भइरहेको छ । अधिकांश खेलमा नतिजाका लागि अन्तिम ओभरसम्म पर्खनु परिरहेको । ३ वर्षपछि घरेलु र अवे आधारमा लिग हुँदैछ तर टोलीहरूले घरेलु मैदानमा ५७.१४% खेल हारेका छन् । अधिकांश टिमले टस जितेर पहिले बलिङ गर्ने गरेका छन् तर ४२.८६ प्रतिशत खेलमा मात्रै सफलता पाइरहेका छन् ।

ओरेन्ज क्यापमा ओपनरको वर्चस्व

a0d14424-8be6-454b-99f4-67cfb7468860

साई सुदर्शन र तिलक वर्मा जस्ता मध्यक्रमका युवा ब्याट्सम्यान आईपीएलको प्रारम्भिक खेलहरूमा सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप जित्ने दौडमा थिए। अब आईपीएलको आधा खेल सकिएपछि ओरेन्ज क्यापमा ओपनिङ ब्याट्सम्यानको पूर्ण वर्चस्व छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का ओपनर फाफ डु प्लेसिस ४ सय ५ रन बनाएर शीर्ष स्थानमा छन् ।

उनी पछि चेन्नईका डेभन कोनवे, दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नर, गुजरात टाइटन्सका शुभमन गिल र बैंग्लोरका विराट कोहली छन् । रोचक कुरा के छ भने यी सबै खेलाडी ओपनर हुन् । यी ५ खेलाडीपछि पनि ओरेन्ज क्याप जित्ने दौडमा ऋतुराज गायकवाड, केएल राहुल, भेंकटेश अय्यर, ग्लेन म्याक्सवेल, जोस बटलर र काइल मेयर्स जस्ता शीर्ष क्रमका ब्याट्सम्यानहरू अगाडि छन् ।

म्याक्सवेलले हरेक छैटौँ बलमा छक्का प्रहार गरिरहेका छन्

२०-२० ओभरको खेलमा ठुला प्रहार र कम बलमा बढी रन बनाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। विशेष कुरा के छ भने प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी स्ट्राइक रेट भएका खेलाडीमा भारतीयको हाबी रहेको छ । चेन्नईका अजिंक्य रहाणे हाल १९९.०४ को स्ट्राइक रेटका साथ शीर्ष स्थानमा छन्, जबकि कोलकाताका शार्दुल ठाकुर, चेन्नईका महेन्द्र सिंह धोनी र राजस्थानका ध्रुव जुरेल पनि यो सूचीमा परेका छन्। ती सबैको स्ट्राइक रेट १८८ भन्दा बढी छ।

97e49226-f11c-4d1d-9e36-ec5afd46505c

आरसीबीका ग्लेन म्याक्सवेल १८८.८० को स्ट्राइक रेटका साथ यो सूचीमा चौथो नम्बरमा छन्। तर, छक्का प्रहार गर्ने सूचीमा उनी आफ्नो टोलीका कप्तान डु प्लेसिसपछि दोस्रो स्थानमा छन् । डु प्लेसिसले २५ र म्याक्सवेलले २३ छक्का प्रहार गरेका छन् । यति मात्र होइन, म्याक्सवेलले प्रत्येक छैटौँ बलमा छक्का प्रहार गरिरहेका छन् ।

लखनउका निकोलस पूरनले अहिलेसम्म जम्मा १५ छक्का प्रहार गरिसकेका छन् तर उनले पनि लगभग हरेक छैटौँ बलमा छक्का पनि प्रहार गरेका छन् । कम बलमा छक्का प्रहार गर्ने म्याक्सवेल, पूरन, शिमरोन हेटमायर र रिंकु सिंह जस्ता खेलाडीहरू अहिले आईपीएलमा आफ्नै बलमा खेल जित्दै छन्।

Harry-Brook-1

ब्रुकको सिजनको पहिलो शतक

सनराइजर्स हैदरावादका सबैभन्दा महँगा खेलाडी ह्यारी ब्रुकले आईपीएलको १६ औँ सिजनको पहिलो शतक प्रहार गरेका छन् । उनले इडेन गार्डेन मैदानमा कोलकाताविरुद्ध ५५ बलमा नटआउट १०० रन खेलेका थिए । उनी बाहेक कोलकाताका वेंकटेश अय्यरले मात्र यो सिजन शतक बनाउन सकेका छन् । अय्यरले मुम्बईमा मुम्बई इन्डियन्सविरुद्ध ५१ बलमा १०४ रनको इनिङ्स खेलेका थिए ।

यी २ खेलाडीबाहेक यो सिजन अहिलेसम्म कुनै पनि खेलाडीले शतक बनाउन सकेनन् । पञ्जाबका शिखर धवन र चेन्नईका ऋतुराज शतकको नजिक पुगे पनि शतक बनाउन सकेनन् ।

99360431

पर्पल क्यापको सूचीमा रसिद शीर्ष स्थानमा

प्रतियोगितामा सर्वाधिक विकेट लिएर पर्पल क्याप जित्ने दौडमा गुजरातका राशिद खान शीर्ष स्थानमा छन्। उनले ७ खेलमा १४ विकेट लिएका छन् भने यो सिजनको एकमात्र ह्याट्रिक पनि छ । उनले कोलकाता नाइट राइडर्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

रसिद बाहेक पर्पल क्यापको सूचीमा भारतीय खेलाडीको दबदबा छ । शीर्ष १० मा ८ भारतीय छन् । जसमा आरसीबीका मोहम्मद सिराज र पञ्जाबका अर्शदीप सिंहले १३–१३ विकेट लिएका छन् । पर्पल क्यापको शीर्ष १० खेलाडीको सूचीमा ११ विकेट लिएर लखनउका मार्क वुड एकमात्र विदेशी खेलाडी हुन्।

308e7a1b-2b68-4742-820d-c8b36c36df14

पावरप्लेमा सिराज-बोल्ट खतरनाक

टी–२० खेलमा बलरको रूपमा विकेट लिनुका साथै डट बल, मेडन ओभर र पावरप्लेमा विकेट लिनु निकै महत्त्वपूर्ण हुन्छ । डट बलहरूले ब्याट्सम्यानहरूलाई दबाब दिन्छ र उनीहरूले ठुला शटहरू खेल्ने प्रयासमा आफ्नो विकेट गुमाउँछन्। आईपीएलको यो सिजनमा सबैभन्दा धेरै डट बल गर्ने शीर्ष ५ खेलाडीमा पेसर्स अगाडि छन् ।

189333-hgrtommxmc-1681995501

आरसीबीका सिराज ८९ डट बलसहित पहिलो र गुजरातका मोहम्मद शामी ८८ डट बलसहित दोस्रो स्थानमा छन् । योसँगै सिराज पावरप्ले ओभरमा विकेट लिने मामिलामा राजस्थानका ट्रेन्ट बोल्टसँगै शीर्ष स्थानमा छन् । दुवैले अहिलेसम्म पहिलो ६ ओभरमा ७–७ विकेट लिएका छन् ।

वुडले मात्र ५ विकेट लिन सके

प्रतियोगिताको एक खेलमा सबैभन्दा बढी विकेट लिने क्रममा लखनउका मार्क वुड शीर्ष स्थानमा छन् । उनी प्रतियोगितामा एक खेलमा ५ विकेट लिने एकमात्र खेलाडी हुन् । उनीपछि ७ खेलाडीले खेलमा ४ विकेट लिए पनि कुनै पनि खेलाडीले ५ विकेटको आँकडा पार गर्न सकेनन् । वुड र सिराजबाहेक ३ स्पिनर पनि उत्कृष्ट बलिङका साथ शीर्ष ५ खेलाडीमा परेका छन् ।

eb2cb451-a49f-4d96-937a-9d37465aa676

चेन्नईले सबैलाई चकित बनायो

चेन्नईले सुरुवाती ४ मध्ये २ खेलमा हार बेहोरेको थियो । उसले आफ्नो घरेलु मैदानमा पनि एक खेल हारेको थियो तर अन्तिम ३ खेलमा टोलीले उत्कृष्ट पुनरागमन गर्दै सबै खेल जितेको थियो । चेन्नईको हालको फर्म बाँकी टोलीहरूमध्ये उत्कृष्ट छ र टोली ७ खेलमा ५ जितपछि १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।

गुजरात पनि १० अंकसहित दोस्रो स्थानमा छ, तर उसले आफ्नै घरेलु मैदानमा केही खेलहरूमा हार बेहोरेको थियो। यी बाहेक बेंगलुरु, दिल्ली र पञ्जाबले आफ्ना सुरुवाती खेलहरू हारेर पछिल्ला केही खेलहरूमा जितसँगै फर्केका छन्।

तर हैदरावाद, दिल्ली र कोलकाता यस सिजनको अहिलेसम्मकै खराब टोलीहरू मध्येका हुन्। हैदरावादले पछिल्ला ३ खेलमा हार बेहोरेको छ भने कोलकाताले पछिल्ला ४ खेलमा हार बेहोरेको छ। दुवै टोली ४–४ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छन् ।

१६ पटक २ सयभन्दा बढी रन

आईपीएलको यो सिजन पनि उच्च स्कोरिङ भइरहेको छ । ३५ खेलको ७० इनिङ्समा १६ पटक २०० भन्दा बढी रन बनेका छन् । चेन्नईले कोलकाता विरुद्ध बनाएको २३५ रन प्रतियोगिताको हालसम्मको उच्चतम स्कोर छ। चेन्नईले अहिलेसम्म ३ पटक २ सयभन्दा बढी रन बनाएको छ र तीनै पटक जितेको छ।

लखनउ र कोलकाता नाइट राइडर्सले मात्र अहिलेसम्म २०० भन्दा बढी रनको लक्ष्य पछ्याएका छन् । लखनउले बेंगलुरु र कोलकाताले गुजरातविरुद्ध यो उपलब्धि हासिल गरेको हो । १० टोलीले मिलेर १००७ चौका र ५३१ छक्का प्रहार गरेका छन् ।

लक्ष्य पछ्याउन सकस

आईपीएलमा प्राय: टस जित्ने टोलीले बलिङलाई प्राथमिकता दिन्छन् । यसपटक पनि ३५ खेलमा टस जित्ने टोलीले ३१ पटक चेज गर्न रुचाएका छन् । तर यसले खेलको नतिजामा खासै फरक परेन । किनभने ३५ खेल मध्ये ५७.१४% मात्र पहिले ब्याटिङ गर्ने टोलीहरूले जितेका थिए । पछ्याउने टोलीले १५ खेलमा मात्रै सफलता पाएका छन् ।

image

अन्तिम ओभरमा ८ पटक लक्ष्य पछ्याइयो

उच्च स्कोरका खेलहरूसँगै, आईपीएलले धेरै रोमाञ्चक खेलहरू पनि देखिएका छन् जुन अन्तिम ओभरसम्म गएका छन् । कोलकाताका रिंकु सिंहले अन्तिम ५ बलमा ५ छक्का प्रहार गर्दै जित दिलाए भने ८ विकेट बाँकी रहँदा लखनउको टोलीले अन्तिम ३६ बलमा ३१ रन बनाउन सकेन ।

सिजनमा अहिलेसम्म ११ पटक १५ रनभन्दा कमको अन्तरले टोलीले खेल हारेका छन्। जसमध्ये ७ पटक जितको अन्तर ९ रनभन्दा कम थियो । पछ्याउने क्रममा ८ पटक अन्तिम ओभरमा टिमले जितेको थियो भने ३ खेल अन्तिम बलमा सकिएको थियो । अर्थात् ३५ मध्ये १९ खेल निकै रोमाञ्चक थिए, जसले अन्तिम ओभरसम्म दर्शकको श्वास रोकेको थियो ।

घरेलु मैदानमा खेल हार्दै टोलीहरू

आईपीएलको १५ वर्षमा घरेलु र अवे ढाँचाको प्रतियोगिता हुँदा घरेलु टोलीले फाइदा उठाएका छन् । तर यसपटक घरेलु टोलीले धेरै खेलमा हार बेहोर्नु परेको छ । अहिलेसम्म खेलेका ३५ खेलमा घरेलु टोलीले २० खेलमा हार बेहोरेका छन् । घरेलु मैदानमा १५ पटक मात्रै टोलीले जित हासिल गरेको छ । घरेलु टोलीले १७ मध्ये १६ पटक टस जितेर ब्याटिङको लक्ष्य पछ्याए पनि ६ पटक मात्रै जितेका छन् ।

चेपाक स्टेडियमलाई आफ्नो गढ बनाएको चेन्नईले पनि १४ वर्षपछि राजस्थान रोयल्ससँग आफ्नै घरमा हार बेहोरेको थियो । यसबाट यो स्पष्ट हुन्छ कि यस पटकको आईपीएलमा घरेलु टोलीले खासै फाइदा लिन सकेका छैनन् । घरेलु मैदानमा, बैंगलोरले अहिलेसम्म आफ्नो घरेलु मैदानमा ७ मध्ये सबैभन्दा बढी ५ खेल खेलेको छ, तर २ पटक पराजय पनि बेहोरेको छ ।

बुधबार बैंग्लुरु–कोलकाताबीचको ३६औँ खेलपछि प्रतियोगितामा ३४ लिग चरणका खेलहरू बाँकी छन् । सबै टोली प्लेअफको दौडमा यथावत् रहेकाले प्रतियोगिताको उत्साह कायमै छ । प्रतियोगिता कसरी टुङ्गिन्छ, मे २३ देखि सुरु हुने प्लेअफमा कुन ४ टोली पुग्छन् र मे २८ मा हुने फाइनलमा कसले जितेर ट्रफी उचाल्छन्, त्यो हेर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप