आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा डा. स्वर्णिम वाग्लेको पहिलो सम्बोधन : सडक व्यवस्थापनको माग

शुक्रबार, १५ वैशाख २०८०, १४ : ५४
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा तनहुँ हुँदै पोखरा जाने सडकको कुरा उठाएका छन् । 

सांसद वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग बिस्तार भइरहेको बताउँदै त्यो काम आवश्यक रहेपनि त्यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताए । 

उनले जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक महत्त्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले भारी मत र मतान्तरले विजयी बनाएर प्रतिनिधि सभामा पठाउने तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् । उनले भने,‘उहाँहरूको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप