प्रतिनिधिसभामा डा. स्वर्णिम वाग्लेको पहिलो सम्बोधन : सडक व्यवस्थापनको माग
शुक्रबार, १५ वैशाख २०८०, १४ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा तनहुँ हुँदै पोखरा जाने सडकको कुरा उठाएका छन् ।
सांसद वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग बिस्तार भइरहेको बताउँदै त्यो काम आवश्यक रहेपनि त्यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताए ।
उनले जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक महत्त्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भारी मत र मतान्तरले विजयी बनाएर प्रतिनिधि सभामा पठाउने तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् । उनले भने,‘उहाँहरूको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण