पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा, राप्रपाका महामन्त्रीद्वारा स्वागत
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् । पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् ।
विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज आइपुगेको राणाले बताए ।
राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगञ्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
‘विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा आज नेपालगन्जमा राजालाई स्वागत गरियो। वैशाख २० गते नेपालगन्जको अभिनन्दन कार्यक्रम भव्य रुपमा सफल पारौँ’, राणाले ट्वीटरमा भनेका छन् ।
पूर्वराजा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका हुन् । सोही क्रममा शुक्रबार नेपालगन्ज पुगेको उनको संवाद सचिवालयले जनाएको छ ।
पूर्वराजाको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीलगायतका परिवारका सदस्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण