शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजार

सातामा ११ सयले घट्यो सुनको मूल्य

शनिबार, १६ वैशाख २०८०, ११ : ०७
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ११ सय रुपैयाँले मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य घट्न थालेको थियो । आइतबार नै तोलामा ९०० रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ३०० ले बढेको सुनको मूल्य बिहीबार १०० र शुक्रबार ५०० ले घटेको हो ।

यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय १० रुपैयाँ कायम भएको छ । यो ३५ रुपैयाँ प्रतितोलाको गिरावट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप