सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश पायल राईले आइतबार पोल्याण्ड तताउने

शनिबार, १६ वैशाख २०८०, १७ : ३७
शनिबार, १६ वैशाख २०८०

पोल्याण्ड । पोल्याण्डमा 'लाइभ कन्सर्ट विथ राजेश पायल राई ' नामक गायक राजेश पायल राईको एकल साङ्गीतिक कार्यक्रम हुने भएको छ । एनआरएनए पोल्याण्डको आयोजनामा भोलि अप्रिल ३० तारिख आइतबारका दिन यहाॅ रहेका नेपालीहरू माझ नयाँ वर्षको शुभकामना आदानप्रदान सहित गायक राईले आफ्नो प्रस्तुति गर्नेछन्। कार्यक्रममा पोल्याण्डका केही स्थानीय नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ। 

एनआरएनए आईसीसी सदस्य गोपाल राईका अनुसार सो कार्यक्रम पोल्याण्डको राजधानी वार्सास्थित क्लब निइबोमा राति ८ बजेबाट हुने र कार्यक्रमको सम्पूर्ण तयारीसमेत भएको छ। कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने आयोजकको अपेक्षा छ । कन्सर्टमा सहभागिताका लागि पोल्याण्ड ६० जलौटीमा अनलाइन र अफ लाइन टिकट खरिद गर्ने व्यवस्था मिलाइएको छ।

नेपाली सुगम संगीतमा लामो समयदेखि एउटा विशिष्ट स्थान बनाएकोमा त्यसको उच्च कदर गर्दे किरात राई समाज पोल्याण्डद्वारा गायक राईलाई मुन्धुमी अभिनन्दन पनि गरिने बताइएको छ। गायक राई केही समयदेखि आफ्नो एकल साङ्गीतिक कार्यक्रमका लागि युरोपमा रहेका छन्। उनले स्पेन, पोर्चुगल, माल्टा लगायतका विभिन्न देशमा प्रस्तुतिपछि भोलि पोल्याण्डको राजधानी वार्सा तताउने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप