पूर्वराजा ज्ञानेन्द्र शाहले आज जुम्लामा सम्बोधन गर्ने

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ ।
पूर्व राजा शाह अहिले नेपालगन्जमै रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ ।
प्रारम्भिक जानकारीअनुसार पूर्व राजा शाहले करिब १ घण्टा जति चन्दनाथ र भैरवनाथको पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै १ घण्टा नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुने छन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधनपछि पूर्व राजा शाह नेपालगन्ज फर्कने कार्यक्रम रहेको छ ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पूर्व राजा जुम्लामा साढे २ घण्टा जति रहने बताए । ‘कार्यक्रमको तयारी भव्य रूपमा भएको छ, नागरिकहरूको उपस्थिति हुने क्रम जारी छ भने केही समयपछि पूर्व राजा जहाजबाट आउनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले