खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
सारांश
- केही बियाँहरूले शरीरबाट खराब कोलेस्ट्रोल हटाउन र राम्रो कोलेस्ट्रोल सुधार गर्न मद्दत गर्छन् ।
- फर्सी, आलस, चिया, सूर्यमुखी, तिल, मेथी र गाँजा जस्ता बियाँहरू खराब कोलेस्ट्रोल कम गर्नका लागि लाभदायक मानिन्छन् ।
- यी बियाँहरूले मुटुको स्वास्थ्य सुधार गर्ने, रक्त प्रवाहमा सुधार गर्ने र शरीरलाई ऊर्जा प्रदान गर्ने जस्ता फाइदाहरू पनि दिन्छन् ।
काठमाडौँ । केही बियाँहरू एकभन्दा बढी तरिकाले स्वास्थ्यको लागि फाइदाजनक हुन्छन् । यी बियाँहरूले राम्रो कोलेस्ट्रोल सुधार गर्न र शरीरबाट खराब कोलेस्ट्रोल हटाउन मद्दत गर्छन् ।
खराब कोलेस्ट्रोलले शरीरलाई एकभन्दा बढी तरिकाले असर गर्छ । खराब कोलेस्ट्रोल एक टाँसिने पदार्थ हो जुन धमनीहरूमा अड्किन्छ र रक्त प्रवाहमा बाधा पुर्याउँछ । आज हामी यस्तै केही यस्तै बियाँबारे चर्चा गर्छौँ ।
फर्सीको बियाँ
फर्सीको बियाँ खराब कोलेस्ट्रोल कम गर्न लाभदायक हुन्छ । फर्सीको बियाँ खाँदा खराब कोलेस्ट्रोल कम हुन्छ र राम्रो कोलेस्ट्रोल बढ्छ ।
आलसको बियाँ
आलसको बियाँ ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण हुन्छ । यी बियाँहरू खाँदा खराब कोलेस्ट्रोल कम हुन्छ र मुटुको स्वास्थ्यमा सुधार हुन्छ ।
चियाको बियाँ
चियाका बियाँहरू फाइबरले भरिपूर्ण हुन्छन् । यो बोटबिरुवामा आधारित ओमेगा–३ को राम्रो स्रोत पनि हो । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइनछ । यी बियाँहरूको सेवनले पाचन प्रणालीलाई कोलेस्ट्रोल अवशोषित गर्नबाट रोक्छ ।
सूर्यमुखीको बियाँ
सूर्यमुखीको बियाँ भिटामिन ई र मोनोअनस्याचुरेटेड फ्याटले भरिपूर्ण हुन्छ । यसले कोलेस्ट्रोल कम गर्छ । यी बियाँहरू खाँदा लामो समयसम्म ऊर्जा प्रदान गर्दछ ।
तिलको बियाँ
तिलको बियाँले खराब कोलेस्ट्रोल कम गर्छ । यसको सेवनले क्याल्सियम, म्याग्नेसियम र एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा प्रदान गर्छ । यी बियाँहरूले धमनीहरूलाई पनि फाइदा पुर्याउँछन् ।
मेथी दाना
मेथीको दानामा घुलनशील फाइबर प्रशस्त मात्रामा हुन्छ र यसले शरीरबाट खराब कोलेस्ट्रोल बाहिर निकाल्न मद्दत गर्छ । यी दानाहरूलाई रातभर भिजाएर भोलिपल्ट बिहान सेवन गर्न सकिन्छ ।
गाँजाको बियाँ
गाँजाको बियाँमा ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड हुन्छ । यिनीहरूले कोलेस्ट्रोल सन्तुलन गर्न, रक्तसञ्चार सुधार गर्न र सूजन कम गर्न मद्दत गर्छन् ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण