अपराध
निरा हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक
आइतबार, १७ वैशाख २०८०, १५ : २७
काठमाडौँ । प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ ।
‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले सुनको सिक्री लुटपाटका लागि निराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण