६५ वर्षका मेयरले गरे १६ वर्षीया किशोरीसँग विवाह, सासूलाई तत्काल सचिव बनाए
१६ वर्षकी किशोरीसँग कानुनी रूपमा विवाह गरेपछि ब्राजिलका एक मेयर विवादमा तानिएका छन् । उनले आफूभन्दा ४९ वर्ष कान्छीसँग विवाह त गरे नै आफ्नी सासूलाई संस्कृति तथा पर्यटन सचिवमा नियुक्त पनि गरेका छन् ।
६५ वर्षका हिसाम हुसेन देहाइनी दक्षिणी ब्राजिलको अराउकारिया सहरका मेयर हुन् । ब्राजिलमा १६ वर्ष पुगेपछि कानुनी रूपमा विवाह गर्न अनुमति छ । त्यसैले ती किशोरीसँग १६ वर्ष पुगेको भोलिपल्टै मेयरले विवाह गरे । विवाहमा विवाद निम्तिने त भई नै हाल्यो । मेयरले विवाह गरेको भोलिपल्टै आफ्नी दुलहीकी आमालाई अप्रिल १३ मा संस्कृति तथा पर्यटन सचिवमा नियुक्त गरेको कुरामा धेरैले चासो व्यक्त गरे । ब्राजिलको पराना राज्यमा अभियोजकको कार्यालयले उनको नियुक्तिबारे अनुसन्धान गरिरहेको छ ।
ब्राजिलको कानुन अनुसार १६ वर्षभन्दा माथिका नाबालिगहरूले आफ्ना अभिभावकको स्वीकृतिमा मात्र कानुनी रूपमा विवाह गर्न सक्छन्, त्यसैले किशोरीकी आमालाई अप्रिल १३ मा नगरपालिकाको प्रशासनमा राम्रो तलब भएको पदमा नियुक्तिलाई धेरैले एक प्रकारको घूस मानेका छन् । मारिलीन रोडे पहिले नै शिक्षा मन्त्रालय भित्र एक अधिकारी थिइन् । तर त्यहाँ उनको तलब निकै थोरै थियो ।
आफ्नो विवादास्पद विवाहको भोलिपल्ट मेयर देहाइनीले आफ्नी सासूलाई नियुक्त गरेको खबरले क्युरिटिबा महानगरपालिकाको अरौकारियामा ठुलो काण्ड मच्चाएको छ । सहरको सिभिल रजिस्ट्री प्रमुखको रूपमा हिल्डा लुकाल्स्की सेइमाले विवाहलाई आधिकारिक बनाइदिएको थाहा पाएपछि यसबारे थप चर्चा भएको थियो । सेइमा उपमेयर पनि हुन् । उनी र देहाइनी सन् २०१६ र २०२० को चुनावमा उठेका थिए ।
आरोपको जवाफमा मेयरको कार्यालयले उक्त नियुक्ति आवश्यक सर्तहरू पुरा गरेर गरिएको जानकारी दिँदै उनको सार्वजनिक सेवामा २६ वर्षको अनुभव भएको जानकारी दिएको छ ।
यसमा अभियोजकको कार्यालयले असहमति जनाएको छ । मेयरले विवाह गरेका किशाेरी सहरकी टिनएज ब्युटी क्विनसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण