देशका उद्योग बेच्न दिँदैनौ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन पार्टीका नेताहरूले हिजो कमिसनका लागि देशका ठुलठुला उद्योगहरू बेचेर खाएको भन्दै अहिले पनि त्यो क्रम नरोकिएको बताएका छन् । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निजीकरणका नाममा नेपालका ठुला उद्योग बेचिएको र अहिले पनि त्यो क्रम जारी रहेको बताएका हुन् ।
‘हिजो जति पनि ठुला उद्योगहरू थिए, ती बन्द गरिएका छन्, निजीकरण मात्र होइन तर बेचिएका छन्’, ओलीले नेपाली कांग्रेसप्रति सङ्केत गर्दै भने, ‘कमिसनका लागि हिजो ठुलठुला उद्योग कौडीको भाउमा बेच्ने काम भयो र अहिले पनि बेच्ने काम हुन लागेका छन्, त्यसलाई रोक्नुपर्छ ।’
अध्यक्ष ओलीले सत्तासीन पार्टीले बाँसबारी छालाजुत्ता कारखाना किन चाहियो ? बन्द भएको ठिक छ भनेर अभिव्यक्ति दिने गरेको समेत बताए । ‘किन चाहियो कागज कारखाना, किन युनिभर्सिटी ? भन्नेहरू छन् । त्यसैले अहिले देश अप्ठेरो स्थितिमा छ । देशलाई यो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्छ’, ओलीले भने, ‘हामीले सरकार छोडेको २ वर्ष नपुग्दै अर्थमन्त्रीले भर्खर भन्नुभयो, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा चाहिँ पुगेका छैनौ है भन्नुभयो ।’
अध्यक्ष ओलीले लोकतन्त्र विरोधी केही तत्वहरु सक्रिय भएर सलबलाएको समेत बताए । ‘मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि त्यसैगरी बसेका छन् !’ ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण