अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् ।
सोमवार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियुलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरे ।
उनले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिक्नुपर्ने भन्दै ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरु हुने आशा समेत व्यक्त गरे ।
त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै कम्बोडियन सिनेटका अध्यक्ष सुमले दुइ देशबीच १९६२ बाट सुरु भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुइ देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
त्यसअघि अध्यक्ष तिमल्सिनालाई नोम्पेह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उनको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गरेका थिए । त्यस अवसरमा दुइ पक्षीय हित र अनुभव आदानप्रदानका विषयमा छलफल समेत भएको थियो ।
सोमबारै एसियाली साँस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने र मंगलबार कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि तथा वर्ल्ड फेलोसिप अफ बुद्धिस्टको संरक्षक (प्याट्रोन)को उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी भई बधाई समेत दिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण