सहिद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै
मङ्गलबार, १९ वैशाख २०८०, ०८ : १५
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
जावलाखेल १३ खेलबाट २४ अङ्क जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अङ्कमा सीमित छ ।
यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ ।
थ्रि स्टारले १३ वटा खेलबाट ६ वटामा जित हासिल गर्दै २२ अङ्क बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अङ्कमा सीमित छ ।
यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरू भइरहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण