शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच स्रष्टालाई बीडी त्यागी स्मृति पुरस्कार

मङ्गलबार, १९ वैशाख २०८०, १० : ३६
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृतिसम्बन्धी विभिन्न पुरस्कार पाँच स्रष्टालाई प्रदान गरेको छ । बीडी त्यागीको २०औँ स्मृति दिवसका अवसरमा वैशाख १८ गते रामहिटी, काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
केन्द्रले यस वर्षको बीडी त्यागी स्मृति सम्मान साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ । 

यसैगरी केन्द्रले बीडी त्यागी स्मृति पुरस्कार साहित्यकार रामचन्द्र दाहाललाई, बीडी त्यागी योगदान सम्मान प्रकाशक तथा साहित्यकार रामदेव पाण्डेलाई, बीडी त्यागी प्रतिभा सम्मान साहित्यकार सरू पोखरेललाई र गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बूढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भु भट्टराईलाई प्रदान गरिएको छ । 

प्रतिभा चयन समितिका संयोजक तथा उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शङ्कर भारतीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सम्मानित साहित्यकार राधेश्याम लेकाली, प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे, साहित्यकार सरू पोखरेल र वडाध्यक्ष शम्भु भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए । 

कलाकार सृष्टि आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा सभापति भारती, प्रमुख अतिथि डा. ज्ञवाली केन्द्रका अध्यक्ष कृष्ण आचार्य, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भँवरकोटेलगायतले आआफ्नो मन्तव्य राखेका थिए । 
कार्यक्रममा साहित्यकारहरू गङ्गा पौडेल, साहित्यिक पत्रकार निबन्ध आचार्य, प्रधुम्न जोशी, मुरारी सिग्देल, मञ्जुश्री प्रधान, निर्मलरमण पराजुली, उमेश पाण्डे, प्रशुराम अधिकारी, सीमा पुरी, रत्नप्रसाद अनामणि श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, रामकुमार पण्डित, केशव रूपाखेती, शम्भु भट्टराई, ढुण्डीराज पोखरेल, माधवलाल श्रेष्ठ, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, हेम पौड्याल, घनश्याम प्रसाईं, होमप्रसाद नेउपाने, नम्रता श्रेष्ठलगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप