रुपन्देही जिल्लासँग जोडिएको नेपाल–भारत सीमा दुई दिनका लागि बन्द

नेपाल भारत–सीमा आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग जोडिएको बेलहिया सहितका सीमा नाका आज मध्यरातदेखि बन्द हुन लागेको हो ।
भारतको उत्तर प्रदेशमा २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा ४८ घण्टा (तीन दिन) का लागि बन्द गर्न लागिएको हो ।
उत्तर प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) दुई चरणमा हुनेछ । पहिलो चरण बिहीबार हुँदै छ भने दोस्रो चरण मे ११ मा हुँदै छ । मतगणना भने मे १३ मा हुनेछ । पहिलो चरणमा महाराजगन्ज जिल्लामा मतदान हुनेछ ।
‘ सशस्त्र सीमा बलले सीमा नाका बन्द गर्नेछ । यस अवधिमा अत्यावश्यक कामका लागि मात्रै अनुमति दिइनेछ,’ जिल्ला निर्वाचन अधिकारी सतेन्द्र कुमारले भने ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारण दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो ।
नेपालसँग उत्तर प्रदेशले ८४ किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सीमा साझा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो