शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा आगलागी हुँदा ४४ लाखको क्षति

मङ्गलबार, १९ वैशाख २०८०, २२ : ४४
मङ्गलबार, १९ वैशाख २०८०

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा मंगलबार आगलागी हुँदा सात परिवारको रु ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हुँदा सँगै टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको र उक्त आगो फैलिई निजका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र निजका सानो भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जली क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको रु ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले  जनाएको छ । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप