इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल
काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले मंगलबार राति खेलिएको खेलमा चेल्सीलाई ३—१ गोलले हरायो । खेलको पहिलो हाफमै आर्सनलले ३-० गोलको अग्रता लिएको थियो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोलको योगदान गरे । गाब्रियल जिससले पनि टोलीको जितमा एक गोल थपे । चेल्सीका लागि भने एकमात्र गोल नोनी माडुकेले गरेका थिए । खेल सुरु भएको १८औं मिनेटमै मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
यसैगरी ३१औं मिनेटमा मार्टिनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको ३४औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमै ३–० ले अगाडि बढाएका थिए । खेलको ६५औं मिनेटमा चेल्सीका नोनीले एक गोल फर्काएका थिए ।
जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३४ खेलबाट ७८ अंक जोडेको छ । म्यानचेस्टर सिटी ३२ खेलबाट ७६ अंक बटुल्दै तालिकको दोस्रो स्थानमा छ । चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण