बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल

बुधबार, २० वैशाख २०८०, ०८ : ३५
बुधबार, २० वैशाख २०८०

काठमाडौं । आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले मंगलबार राति खेलिएको खेलमा चेल्सीलाई ३—१ गोलले हरायो । खेलको पहिलो हाफमै आर्सनलले ३-० गोलको अग्रता लिएको थियो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोलको योगदान गरे ।  गाब्रियल जिससले पनि टोलीको जितमा एक गोल थपे । चेल्सीका लागि भने एकमात्र गोल नोनी माडुकेले गरेका थिए । खेल सुरु भएको १८औं मिनेटमै मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

यसैगरी ३१औं मिनेटमा मार्टिनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको ३४औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई पहिलो हाफमै ३–० ले अगाडि बढाएका थिए । खेलको ६५औं मिनेटमा चेल्सीका नोनीले एक गोल फर्काएका थिए ।

जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३४ खेलबाट ७८ अंक जोडेको छ । म्यानचेस्टर सिटी ३२ खेलबाट ७६ अंक बटुल्दै तालिकको दोस्रो स्थानमा छ । चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप