जमुनाहा नाका २ दिनका लागि बन्द
बुधबार, २० वैशाख २०८०, १६ : ४२

नेपालगञ्ज । नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।
उनले त्यसक्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए । निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन् । यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारीनारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो