समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक वातावरण बन्दैछ : विप्लव

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । रातोपाटीसँगको विशेष कुराकानी गर्दै विप्लवले विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको बताए । माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए ।
‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको महत्त्व के हो ? त्यसले देशलाई कहाँसम्म पुर्याउँछ भन्ने विषयमा छलफल चलिरहेको छ ।’
समाजवादी मोर्चा बनाउने विषयलाई छिट्टै मूर्तरूप दिएर देशलाई निकास दिइने विप्लवले बताए । तर, माओवादीसँग एकता गरेर आफू महासचिव बन्न लागेको विषय गलत भएको विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो