लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनमा के-के काम भए ?
दाङ । लुम्बिनी प्रदेश सभाको पहिलो भाषामा हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य भएको छ । २०७९ साल पुस १८ गतेबाट सुरु भएको अधिवेशनले वैशाख १९ गतेसम्म १० वटा बैठक गरेको छ ।
यो हिउँदे अधिवेशनको झन्डै ५ महिनाको अवधिमा सभामुख, उपसभामुखको निर्वाचन गराउनेदेखि दुई मुख्यमन्त्री फेर्ने काम भएको छ ।
लुम्बिनी प्रदेश सभाको यो अधिवेशनले नियमावली पारित गर्दै कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । दुई वटा सरकार गठन गर्नेदेखि तीन वटा विश्वास प्रस्तावमाथि छलफल र निर्णय गराउन सफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यस्तै ३ वटा नियमावली दर्ता गर्ने एउटा नियमावली टेबल गर्ने काम भएको देखिन्छ । लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गर्ने काम प्रदेश सभाले गरेको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले प्रदेश सभाले २ मुख्यमन्त्री बनाउने र तीन विश्वासको मत माथि छलफल गराउँदै निर्णय गर्ने काम गरेको बताए।
माघ ५ गते लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीको विश्वासको प्रस्तावमाथि छलफल गराउने काम प्रदेश सभाले गराएको थियो । यस्तै सत्ता साझेदार दलहरूको विश्वासको प्रस्ताव फिर्ता लिएपछि वैशाख ११ गते गिरी सरकारमाथि विश्वासको प्रस्तावमा छलफल गराई फेल भएको निर्णय गराएको थियो ।

गिरीलाई विश्वास मत नआएपछि लुम्बिनी प्रदेशमा अर्को गठबन्धनको तर्फबाट डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । मंगलबार मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त भएपछि प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ती जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ ।

प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ । प्रदेश सभाले यो अधिवेशनमा प्रदेश प्रतिष्ठानसम्बन्धी विधेयक टेबल गराएको छ । यस्तै प्रदेश सभामा विभिन्न तीन वटा विधेयकहरू पनि दर्ता भएको जनाएको छ । लुम्बिनी प्रदेश सभाले अहिलेसम्म ८५ वटा विधेयक प्रमाणीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण