कैलालीको गोदावरीको २ दृश्य : सुकुमवासीको टहरामा डोजर, कांग्रेसलाई वनभित्र कार्यालय बनाउन छुट !
धनगढी । डिभिजन वन कार्यालय कैलालीले वैशाख १८ गते गोदावरी नगरपालिकाको अत्तरियास्थित चौकीडाँडामा रहेका ५ सय भन्दा बढी घर टहरामा डोजर चलायो । वन अतिक्रमण गरी संरचना बनाएको भन्दै सुकुमबासी तथा भूमिहीनका टहरामा डोजर चलाइएको हो ।
त्यसको भोलिपल्ट वैशाख १९ गते भने अत्तरिया क्षेत्रकै एक सामुदायिक वनभित्र नेपाली कांग्रेसको पार्टी कार्यालय भवन बनाउन शिलान्यास गरियो ।
गोदावरी १ स्थित सुरक्षा महिला सामुदायिक वनभित्र नेपाली कांग्रेसले बिपी स्मृति भवन बनाउन सुरु गरेको हो । कांग्रेसले क्षेत्र नम्बर ४ को क्षेत्रीय पार्टी कार्यालय भवन बनाउन शिलान्यास गरेको हो ।
भवनको शिलान्यास कांग्रेस प्रदेश सभापति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले गरेका हुन् ।
सो अवसरमा गोदावरी नगरपालिकाका मेयरलगायतका जनप्रतिनिधि र वनकी अध्यक्ष लक्ष्मी भण्डारी समेतको सहभागिता थियो । भवन शिलान्यासको तस्बिर सार्वजनिक भएपछि सो कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
यसबारेमा नेकपा एमालेले पनि विरोध जनाएको छ । एमाले गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले जनप्रतिनिधीहरुबाट नै वन मिचेर पार्टी कार्यालय बनाउने कुरा गलत भएको बताए । उनले सुकुमवासीको घरमा डोजर लगाउने अनि वनमा भने पार्टी कार्यालय बनाउने कुरा जायज नभएको बताए । उनले वन कार्यालयले पार्टी कार्यालयको संरचना बनाउन दिन नहुने बताए ।
यसैबीच डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीम ढकालले वनमा निर्माण भइरहेको संरचना रोक्न निर्देशन दिइसकेको बताएका छन् ।
सुकुमवासीको पालमुनि बास
यता वन कार्यालय टहरा भत्काए पछि सुकुमवासीहरु पुनः त्यही स्थानमा पाल टाँगेर बस्न थालेका छन् । गोदावरी नगरपालिका– ३ चौकीडाँडाको राजमार्ग किनारामा सुकुमबासी र वादी समुदाय बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रा गर्दै हुनुहुन्छ ? यी राजमार्ग र भित्री सडकहरू छन् पूर्ण रूपमा अवरुद्ध
-
मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण